IME Life
Beema Board

जीवन बीमा कम्पनीको व्यवस्थापन खर्च साढे २९ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीको व्यवस्थापन खर्च साढे २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । जवकी गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च २ अर्ब २ करोड रुपैयाँ थियो ।

जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार सँगै खर्च पनि बढिरहेको छ । बीमा कम्पनीहरुले उपत्यका भन्दा बाहिरका जिल्ला तथा शहरहरुलमा पनि शाखा खोल्ने क्रम बढिरहेको छ । यसले पनि व्यवस्थापन खर्च बढाउनमा प्रमुख भुमिका निर्वाह गरेको छ । अर्को तर्फ बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्न विभिन्न किसिमका स्किम ल्याउने गरेका छन् । त्यस्ता स्किमले पनि व्यवसाय बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

Prabhu
Crest

यस वर्ष सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६० प्रतिशतले बृद्धि भएको छ । कम्पनीको व्यवस्थापन खर्च १४ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै सिटिजन लाइफको पनि ८२ प्रतिशतले बढेर १९ करोड ९९ लाख रुपैया पुगेको छ। अधिकाम्स नयाँ जीवन बीमा कम्पनीको व्यवस्थापन खर्च बढिरहेको देखिन्छ । गुराँस लाइफले प्रकाशन गरेको त्रैमाशिक वित्तीय विवरण अनुसार व्यवस्थापन खर्च गत वर्षको भन्दा ९.२२ प्रतिशतले घटेको देखिन्छ । नयाँ कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पनि ३.६४ प्रतिशतले मात्रै व्यवस्थापन खर्च बढेको देखिन्छ । कम्पनीको यस्तो खर्च ५ करोड ५८ लाख रुपैयाँ मात्रै छ । एशियन लाइफको व्यवस्थापन खर्चमा पनि खासै बृद्धि देखिदैन । कम्पनीको यस्तो खर्च ६.९३ प्रतिशतले मात्रै बढेको देखिन्छ ।

व्यवसाय विस्तारमा सधै आक्रामक देखिने नेपाल लाइफको यस पटक व्यवस्थापन खर्चमा पनि ८.१३ प्रतिशत भन्दा धेरे बृद्धि देखिदैन । कम्पनीको यस्तो खर्च जम्मा २१ करोड ८१ लाख रुपैयाँ मात्रै छ । तर कतिपय विश्लेषकहरुका अनुसार नेपाल लाइफको व्यवस्थापन खर्च वित्तीय विवरणमा पुरै देखाइएको छैन ।

व्यवस्थापन खर्च कुन कम्पनीको कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS