IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ४ खर्ब ५ अर्ब संचिती, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमाससम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बृद्धि गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ४ खर्ब ५ अर्ब ७८ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको जीवन बीमा कोषमा ३ खर्ब २१ अर्ब २६ करोड ३५ लाख ५८ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको जीवन बीमा कोषको आकार २६ दशमलव ३१ प्रतिशतले बढी हो ।

बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण मानिन्छ । यस अवधिसम्ममा रिलायन्स लाइफको जीवन बीमा कोषको आकार सबैभन्दा धेरै ११६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्ने कम्पनी बन्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा १ खर्ब १८ अर्ब ७५ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २५ दशमलव २५ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९४ अर्ब ८२करोड १३ लाख रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८३ अर्ब ४० करोड रुपैयाँ रकम जीवन बीमा कोषमा जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० अर्ब ७३ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको थियो । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा जीवन बीमा कोषमा २४ दशमलव ९०प्रतिशतले बृद्धि गरी ४४ अर्ब ८९ करोड रुपैयाँ जम्मा गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष २१ दशमलव ८२ प्रतिशतले बृद्धि गरी ३७ अर्ब १४ करोड रुपैयाँ जम्मा गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २७ अर्ब ९५ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २१ दशमलव २२ प्रतिशतले बढी हो ।

मेट लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ७ दशमलव ५९ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोषमा रकम २७ दशमलव ०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२ करोडमाथि जीवन बीमा कोषमा संचिती रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ अर्ब ५१ करोड रुपैयाँ जीवन बीमा कोषमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४२ प्रतिशतले बढी हो । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा २७ दशमलव ८७ प्रतिशतले बृद्धि गरी १० अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

१० अर्बभन्दा कम जीवन बीमा कोष भएका कम्पनी
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० अर्बभन्दा कम जीवन बीमा कोष भएका कम्पनीहरु ११ वटा रहेका छन् । जसमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ज्योति लाइफको ४ अर्ब ५४ करोड, सिटिजन लाइफको ४ अर्ब २४ करोड, आईएमइ लाइफको ३ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफको ३ अर्ब ३ करोड, रिलायन्स लाइफको ३ अर्ब २ करोड, सन नेपाल लाइफको २ अर्ब १८ करोड, सानिमा लाइफको १ अर्ब ९२ करोड, प्रभु लाइफको २ अर्ब ६६ करोड, सानिमा लाइफको २ अर्ब ४६ करोड, प्रभु लाइफको २ अर्ब ३० र महालक्ष्मी लाइफको १ अर्ब ५३ करोड रुपैयाँ जीवन बीमा कोषमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS