काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धनमाया दर्लामी मगरको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले ईलाम जिल्ला फाफोकथुम ५ निवासी ३४ बर्षिय स्वर्गीय मगरको परिवारलाई दाबी भुक्तानी गरेको हो ।
उनले करिब २ बर्ष अघि ५ लाखको सावधिक जीवन बीमा गरेकी थिइन् । उनको मृत्यु पश्चात् उनको परिवारलाई इलाम शाखा अन्तर्गत मिक्लाजुङ गाउपलिका रबि उपशाखाद्वारा १० लाख ६४ हजार ५ सय रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कार्यक्रम कम्पनीका क्षेत्रीय प्रबन्धक तुलसी पौडेल, मिक्लाजुङ गाउपालिका अध्यक्ष अमर राज माखिम, फाकफोकथुम गाउँपालिका वडा ५ का वडा अध्यक्ष सिद्धमान आलेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।