IME Life
Beema Board

मेट लाइफको बीमा शुल्क ११.५४ प्रतिशतले बढ्यो, आम्दानी घट्दा नाफा ६ करोड ७५ लाख मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधीमा खुद बीमा शुल्क आर्जन ११.५४ प्रतिशतले सुधार गर्न सफल भएको छ । कम्पनीले पहिलो तीन महिनामा एक अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा भने एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीको मुनाफामा भने १०.५७ प्रतिशतले गिरावट आएको छ । कम्पनीको आम्दानीमा गिरावट सँगै मुनाफा ६ करोड ७५ लाख रुपैयाँमा सिमित भएको हो । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

यहि अवधिमा कम्पनीको दाबी भुक्तानी पनि १९.८३ प्रतिशतले बढेको छ । कम्पनीले तीन महिनाको अधविमा मात्रै एक अर्ब ५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

कम्पनीका अभिकर्ताहरुले जीवन बीमा पोलिसी ल्याए बापत तीन महिनाको अवधिमा १२ करोड ५१ लाख रुपैयाँ कमिशन बुझेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ५५ लाख रुपैयाँ बुझेका थिए ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि यस वर्ष ७.५७ प्रतिशतले बृद्धि भएर १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS