SKIP THIS

MLBL
IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी ३९ प्रतिशतले बढ्दा दुई कम्पनीको घट्यो, कुनले कति गरे ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेका १८ निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थालाई हेर्दा अधिकांश बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी बढेको देखिएको छ भने दुई कम्पनीको दाबी भुक्तानी घटटेको छ । यस अवधिसम्ममा वित्तीय विवरण प्रकाशन भएका १६ वटा कम्पाीहरुको खुद दाबी भुक्तानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । सबैभन्दा धेरै दाबी भुक्तानी यूनाइटेड इन्स्योरेन्स कम्पनीको बढेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी १३७ प्रतिशतले बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८ /७९ को असोज मसान्तसम्ममा १८ बीमा कम्पनीहरुले १ अर्ब ५४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १ अर्ब ११ करोड ६४ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद दाबी भुक्तानी ३९ प्रतिशतले बढेको तथ्याङकले देखाएको छ ।

Prabhu
Crest

दुई कम्पनीको खुद दाबी भुक्तानी घट्यो
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २ वटा कम्पनीको खुद दाबी भुक्तानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपाल इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी ४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस समिक्षा अवधिमा कम्पनीले ३ करोड ४० लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको पनि खुद दाबी भुक्तानी घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ९३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यस अवधिमा १ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस अवधिमा कम्पनीले ९ लाख मात्र दाबी भुक्तानी गरेको छ ।
यस अवधिसम्ममा नेको इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै दाबी भुक्तानी गरेको छ । यस अवधिसम्म कम्पनीले २० करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ६३ दशमलव ७९ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्ष कम्पनीले १२ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी ३५ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिसम्ममा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

तेस्रोमा एनएलजीे इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ करोड १९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ६८ प्रतिशतले बढी हो ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १५ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १० प्रतिशतले बढेको हो ।

यस अवधिसम्ममा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ५० लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ५८ लाख, प्रिमियर इन्स्योरेन्सले ९ करोड ३ लाख, यूनाइटेड इन्स्योरेन्सले ७ करोड ८ लाख, अजोड इन्स्योरेन्सले ६ करोड ८६ लाख, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ करोड ५४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ६ करोड २६ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ४ करोड ५ लाख रुपैयाँ,जनरल इन्स्योरेन्स कम्पनीले २ करोड ६८ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले १ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS