काठमाडौं । शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरेको छ । दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेको भन्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा गर्ने जनाएको हो ।
सोही कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको छ ।
पहिलो चरण अन्तरगत हालसम्म काठमाडौं, मकवानपुर,पर्सा, रौतहट,जनकपुर,महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको जनाएको छ ।