IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीहरुले कमाए ९१ करोड ५१ लाख रुपैयाँ खुद नाफा, चार कम्पनीको घट्यो, कुनको अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वित्तीय विरण प्रकाशन गरेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ३ महिनामा ९१ करोड ५१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ५२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा आर्जन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव १५ प्रतिशतले कमी देखिएको छ । यस अवधिमा ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण प्रकाशन गर्न बाँकी छ ।

चार कम्पनीको नाफा घट्यो
यस समिक्षा अवधिमा चार कम्पनी नेको इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ भने १४ वटा कम्पनीले खुद मुनाफा बढाएका छन् ।

Prabhu
Crest

नेको इन्स्योरेन्स कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले गिरावट आई ५ करोड ८२ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिभको तुलनामा १० प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा १ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले कमी हो ।
वित्तीय विवरण प्रकाशन गरेका १८ वटा कम्पनीमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले नाफा ९ प्रतिशतले बढाउन सफल भएको हो ।

दोस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३ प्रतिशतले बढी हो ।

प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ५४लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६ प्रतिशतले बढी हो । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १९ प्रतिशतले बृद्धि गरी ६ करोड २० लाख रुपैयाँ कमाउन सफल भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा भन्दा नाफा १० प्रतिशतले बृद्धि गरी ६ करोड १७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले ५ करोड ९५ लाख रुपैयाँ,सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ४ करोड ३० लाख रुपैयाँ,जनरल इन्स्योरेन्स कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् ।

त्यसैगरी यस समिक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २ करोड ६९ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २ करोड ४३ लाख रुपैयाँ र यूनाइटेड इन्स्योरेन्स कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS