IME Life
Beema Board

नेप्सेमा कारोवार हुने १२ जीवन बीमा कम्पनीहरुलाई दाँजेर हेर्दा ! (इन्फोग्राफिक सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुचिकृत सम्पूर्ण १२ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । १२ जीवन बीमा कम्पनी मध्य ७ वटा जीवन बीमा कम्पनी पुराना हुन भने ५ वटा जीवन बीमा कम्पनी भने नयाँ हुन् । सम्पूर्ण सुचिकृत जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा चुक्ता पूँजी सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स प्रकाशित चुक्ता पुँजी १ अर्ब ९७ करोड छ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा युनियन लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा बलियो छ । कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रहेको छ । त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको छ। रिलायन्स लाईफ इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ छ।

जीवन बीमा कोषको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब रहेको छ । त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम प्रभु लाइफ इन्स्योरेन्सको रहेको छ। प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ३० करोड रुपैयाँ छ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमाससम्मलाई आधार मान्दा नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब ७४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ र सबैभन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्नेमा सानिमा लाइफ इन्स्योरेन्स र प्रभु लाइफ रहेको छन् । दुवैले ५५ करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
आर्थिक वर्ष ७७/७८ को प्रथम त्रैमाससम्म प्राइम लाइफ इन्स्योरेन्सले सर्वाधिक १२ करोड २५ लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ७० लाख मात्र खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा:
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा प्राइम लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक २० रुपैयाँ २८ पैसा रहेको छ भने सबैभन्दा थोरै नेपाल लाइफको प्रति शेयर आम्दानी शुन्य रुपैयाँ ३९ पैसा रहेको छ।

नोट : (सबै कम्पनीको प्रति शेयर आम्दानी वार्षिकरण भएको कारणले गर्दा  एलआईसी नेंपालको प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको हो ) 

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । प्रति शेयर आम्दानी गणना गर्दा खुद मुनाफालाई शेयर संख्याले भाग गरिएको छ र सोलाई वार्षिकरण  गरिएको छ ।

बजार मूल्य :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एलआईसी नेपालको बजार मुल्य सर्वाधिक २०५० छ भने सानिमा लाइफको बजार सबै भन्दा कम ५४६ रहेको छ।

 

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS