SKIP THIS

MLBL
IME Life
Beema Board

सिद्धार्थ इन्स्योरेन्सको नाफा ७ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ३० करोड ५९ लाखमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथमे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सुचक बढेका छन् ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रथम त्रैमासको अवधिसम्ममा ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनील ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ११ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड ७५ लाख रुपैयाँ रकम संचित रहेको छ। त्यस्तै , बीमा कोषमा १ करोड २ करोड रुपैयाँ रहेको छ । महाविपत्ती जगेडा कोषमा ७ करोड ८२ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ३१ रुपैयाँ १८ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीले १३ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS