Connect IPS
IME Life

प्राइम लाइफको खुद बीमा शुल्क आर्जन एक अर्ब १७ करोड, यस्तो छ प्रगति विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९.७९ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा एक अर्ब ६ करोड रुपैया आर्जन गरेको थियो ।

यसै अवधिमा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको भन्दा १.४९ प्रतिशतले बढि हो । कम्पनीले २ करोड ४५ लाख रुपैयाँ नोक्सानीको लागि व्यवस्था गर्नु परेकाले मुनाफामा उल्लेख्य सुधार नदेखिएको हो ।

Prabhu
Crest

खुद दाबी भुक्तानी भने गत वर्षको भन्दा घटेको छ । गत वर्ष २६ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस वर्ष भने २५ करोड ४६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नविकरण व्यवसायमा ध्यान दिएकाले प्राइफ लाइफको यस वर्ष अभिकर्ता कमिसन भने घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको अभिकर्ता कमिशन ११ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । जवकी गत वर्षको यहि अवधिमा यस्तो खर्च १२ करोड २८ लाख रुपैयाँ थियो ।

यस अवधिमा प्राइफ लाइफले जीवन बीमा कोष २७ प्रतिशतले बढाउन सफल भएको छ । पहिलो तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीले आफू सँग भएको अधिकाम्स स्रोतलाई दिर्घकालिन क्षेत्रमा लगानी गरेको छ । दिर्घकालिन कर्जा तथा लगानी १४ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने अल्पकालिन लगानी तथा कर्जा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बीमितहरुले बीमालेख धितोमा राखेर एक अर्ब ५९ करोड रुपैयाँ कर्जा लिएका छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ जम्मा भएको छ । अहिलेको मुनाफा अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS