IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय २२ प्रतिशतले बढ्यो, बीमा कोषमा साढे २ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानीमा गिरावट देखिएको छ भने अधिकांश सुचकमा बृद्धि भएको देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव ८७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड ९५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब २७ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९२ प्रतिहतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ९ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामामा कम्पनीको खुद दाबी भुक्तानी घटेको हो ।

यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ हजार २ सय ९२ रुपैयाँ ४६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ७५७.५८ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS