Connect IPS
IME Life

व्यापार आक्रमकतामा नेपाल र नेशनल लाइफ इन्स्योरेन्स मध्ये कुन अब्बल, हेर्नुस तथ्याङ्क

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल लाईफ विगत लामो समय देखि एक नम्बरको जीवन बीमा कम्पनी रहँदै आएको छ भने  केही समय यता नेशनल लाइफ आक्रामक रुपमा व्यापार गर्दै आएको छ ।  दुई जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छन् । दुई कम्पनी हेर्दा नेपाल लाइफको व्यवसाय ठूलो छ भने नेशनल लाइफको व्यवसाय वृद्धि दर राम्रो देखिन्छ। दुई जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा :

 

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा : नेपाल लाइफको चुक्ता पुँजी ७ अर्ब १९ करोड छ भने नेशनल लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड छ। समिक्षा अवधिमा नेपाल लाइफको चुक्ता पुँजी ३१ प्रतिशतले वृद्धि भएको छ भने नेशनल लाइफको चुक्ता पुँजी दश प्रतिशतले वृद्धि भएको छ।

जगेडा कोषको आधारमा : नेपाल लाइफको जगेडा कोषमा ८६ करोड ९६ लाख संचित छ भने नेशनल लाइफको जगेडामा ९६ करोड ५ लाख संचित छ।  नेपाल  लाइफको जगेडा ७६ दशमवल २९ प्रातिशतले घट्दा नेशनल लाइफको १५ दशमलव ९४ प्रतिशतले घटेको छ।

जीवन बीमा कोष : नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब रहेको छ भने नेशनल लाइफको जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड रहेको छ।  नेपाल लाइफको जीवन बीमा कोष २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ भने नेशनल लाइफको २४ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ।  जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ ।

खुद बीमा शुल्क आर्जन : चालु आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ९ दशमलव २१ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ७४ करोड पुगेको छ भने नेशनल लाइफको खुद बीमा शुल्क आर्जन २३ दशमलव ०१ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४४ करोड पुगेको छ।

खुद मुनाफा : नेपाल लाइफको खुद मुनाफा ९६ दशमलव ९३ प्रतिशतले घट्दै ७० लाख ३३ हजार पुगेको छ भने नेशनल लाइफको खुद मुनाफा २६ दशमलव ७२ प्रतिशतले घट्दै ८ करोड ६७ लाख पुगेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउनेछ ।

प्रति शेयर आम्दानी : नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी शुन्य रुपैयाँ ३९ पैसा छ बहने नेशनल लाइफको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ २३ पैसा छ।

किताबी मूल्य: नेपाल लाइफको किताबी मूल्य १२० रुपैया हुँदा नेशनल लाइफको १३७ रुपैयाँ छ।

बजार मूल्य : हालको बजार मूल्यलाई हेर्दा नेपाल लाइफको बजार मूल्य १६०३ छ भने नेशनल लाइफको १०४० रहेको छ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS