IME Life
Beema Board

निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन महिनामै कमायो १ अर्ब रुपैयाँ खुद नाफा

SPIL
NIC ASIA
काठमाडौं ।  निक्षेप तथा कर्जा सुरक्षण कोषको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सुरक्षण शुल्क(बीमाशुल्क) आम्दानीमा झण्डै ६३ प्रतिशतले वृद्धि भएको छ ।
बीमा ऐन भन्दा बाहिर रहे पनि बीमा कम्पनी सरह सेवा प्रदान गरिरहेको कोषले चालू आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासमा १ अर्ब १२ करोड ७४ लाख ८० हजार रुपैयाँ सुरक्षण शुल्क(बीमाशुल्क) आम्दानी गरेको छ । कोषले गत आ.व. २०७७।७८ को पहिलो त्रैमास(असोज मसान्तसम्म)मा ६८ करोड ८२ लाख ८ हजार रुपैयाँ सुरक्षण शुल्कवापत आम्दानी गरेको थियो । चालू आ.व.को पहिलो त्रैमासमा कोषले बैंक तथा वित्तीय संस्थालाई दाबी भुक्तानीवापत ५ करोड ३९ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कोषले मुद्दती निक्षेपबाट मात्र ३२ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । कोषले प्रकाशन गरेको पहिलो त्रैमासको प्रगति प्रतिवेदन अनुसार मुद्दति निक्षेप तथा विकास ऋण पत्रमा समेत गरी १७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । कोषको सुरक्षण शुल्कमा वृद्धि भएसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । पहिलो त्रैमासमै ९५ करोड ५० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा खुद नाफा ६३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कोषसँग ७ अर्ब २५ करोड २३ लाख जगेडा,कोष तथा संचित नाफा रहेको छ । गत आ.व.को पहिलो त्रैमाससम्ममा जगेडा,कोष तथा संचित नाफा ६ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । कोषले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले गरेको बचतको न्यूनत्तम सुरक्षा प्रति व्यक्ति ३ लाख रुपैयाँसम्मको सुरक्षाको ग्यारेन्टीवापत बैंक,वित्तीय संस्थासँग सुरक्षण शुल्क आम्दानी गर्दै आएको छ । यसबाहेक लघु कर्जा तथा अन्य कर्जाहरुको सुरक्षणको प्रत्याभूती गरेवापत समेत सुरक्षण शुल्क आम्दानी गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS