Connect IPS
IME Life

आईएमई लाइफको बीमा शुल्क आर्जन ४९ प्रतिशलते बढ्यो, जीवन बीमा कोषमा तीन अर्ब ३७ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४९.७३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । असोज मसान्तसम्ममा कम्पनीले ७९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै गत वर्षको यहि अवधिमा भने ५२ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बीमा शुल्कमा भएको बृद्धि सँगै कम्पनीको जीवन बीमा कोष पनि ९४ प्रतिशतले बृद्धि भएको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको थियो ।

Prabhu
Crest

कम्पनीको मुनाफामा भने खासै सुधार देखिदैन । कम्पनीले तीन महिनाको अवधिमा ४ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनी विभिन्न क्षेत्रमा गरेको लगानीबाट जम्मा ६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।

जीवन बीमा पोलिसी ल्याउने अभिकर्ताहरुका लागि तीन महिनाको अवधिमा १३ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । उनिहरुले गत वर्षको यहि अवधिमा कमिशन बापत १० करोड २७ लाख रुपैयाँ आर्जन गरेका थिए ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैया रहेको छ । जगेडा कोषमा ५१ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ । हालको मुनाफा अनुसार प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS