SKIP THIS

MLBL
IME Life
Beema Board

नेको इन्स्योरेन्सको बीमा व्यवसाय १४ प्रतिशतले बढ्यो, बीमा कोषमा १ अर्ब १५ करोड संचिती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २०७८ /७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा घटेको छ ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १५ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा ४३ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमाससम्ममा ४९ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ दशमलव ०२ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ७ करोड १९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १२ करोड ४४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२ प्रतिशतले घटेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २० करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ६३ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा रहेको छ । पी ई अनुाित ६६.५९ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS