Connect IPS
IME Life

युनियन लाइफको सम्पुर्ण सूचकमा सुधार, बीमा शुल्क आर्जन २२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफको व्यवसायिक बृद्धि केहिहदसम्ममा पुरानै लयमा फर्किएको छ । गएको वर्ष व्यवसायिक बृद्धिमा ब्रेक लागेको युनियन लाइफको यस वर्षदेखि भने केहि सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड रुपैयाँ थियो ।

बीमा शुल्क आर्जन सँगै मुनफामा पनि उल्लेख सुधार देखिएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा तीन करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष ६७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिसम्ममा यस्तो कोषमा ८ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा ५ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो ।

युनियन लाइफको अभिकर्ता कमिशन बापतको खर्चमा भने सामान्य बृद्धि देखिएको छ । कम्पनीले नयाँ व्यवसाय भन्दा पुराना बीमा पोलिसीको नविकरणलाई ध्यान दिदा यस्तो खर्चमा खासै बृद्धि नदेखिएको हो । पहिलो तीन महिनाको अवधिमा अभिकर्ताहरुले २९ करोड ७२ लाख रुपैयाँ बुझेका छन् । गत वर्षको यहि अवधिमा २९ करोड ९ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

सरेण्डरका कारण कम्पनीको दाबी भुक्तानी भने बढेको छ । तीन महिनाको अवधिमा मात्रै कम्पनीले ६२ करोड ३ लाख रुपैयाँको खद दाबी भुक्तानी गरेको छ । अझ गत असारसम्ममा हेर्ने हो भने एक अर्ब ८७ करोड रुपैयाँ थियो । विगतका वर्षमा टार्गेटका नाममा कम्पनीका कर्मचारी तथा अभिकर्ताको मिलेमतोमा पोलिसी खरिद गर्ने क्रम ज्यादै थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब १२ करोड रुपैयाँ रहेको छ । प्रस्तुत मुनाफाका आधारमा प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS