Connect IPS
IME Life

सिटिजन लाइफले गर्यो बीमा व्यवसायमा शत प्रतिशत प्रगति, जीवन बीमा कोषमा ४ अर्ब २४ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।  सिटिजन लाइफले यस अवधिमा ठुलो फड्को मारेको छ । बीमा व्यवसाय विस्तारका साथै मुनाफामा बृद्धि गरेको छ । यस अवधिमा कम्पनीको अधिकांश सुचकमा प्रगति देखिएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब २४ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष बढेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा ६० करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा १ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०० दशमलव २३ प्रतिशतले बढेको छ ।

कम्पनीले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढी हो ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २४ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११७ दशमलव ११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS