IME Life
GBIME

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६०%ले बढ्यो, बीमा कोषमा ७५ करोड १७ लाख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढी हो ।

१ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३४ करोड ३७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ०५ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ७५ करोड १७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६६ करोड ५९ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष बढेको हो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा १९ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन

गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ० दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस अवधिमा त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ६० दशमलव ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९४ रुपैयाँ १८ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS