Connect IPS
IME Life

एशियन लाइफको बीमा शुल्क आर्जन साढे ८ प्रतिशतले बृद्धि, दाबी भुक्तानी दोब्बरले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा ९ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन भने ८.५० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष २१.२१ प्रतिशतले बृद्धि भएको छ । अजोस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । महाविपत्ती जगेडा कोषमा १० करोड रुपैयाँ भन्दा धेरै जम्मा भएको छ । कर्जा लगानी तथा अन्य आय पनि १३.५१ प्रतिशतले बढेको छ । कम्पनीको यस्तो आम्दानी ५० करोड ८८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा अभिकर्ताहरुले १९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् । गत साउनदेखि कार्तिक मसान्त सम्ममा मात्रै कम्पनीले ७ हजार ३७६ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ ।

कम्पनीको दाबी भुक्तानी सत प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा मात्रै तीन अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । तीन महिनाको अवधिमा ८ हजार ६० वटा पोलिसीको दाबी भुक्तानी गरेको हो ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९८ करोड ५९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । मुनाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS