IME Life
GBIME

रिलायबल नेपाल लाइफको खुद दाबी भुक्तानी २४%ले बढ्दा ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सुचक बृद्धि भएका छन् । कम्पनीले राम्रो व्यापार भित्राएको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ५४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थि बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७० प्रतिशतले बढी हो ।

Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६९ करोड ९५ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब करोड ५१ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा ८ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा १३ प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी कम्पनीले यस अवधिमा २३ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड १५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २४ प्रतिशतले बढी हो

कम्पनीले अभिकर्ता कहिनमार्फत १३ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च ७ करोड ९२ लाख रुपैयाँ मात्र थियो ।

जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS