Connect IPS
IME Life

महालक्ष्मी लाइफको खुद बीमाशुल्क ३९% ले बढ्यो, जीवन बीमा कोष १ अर्ब ५३ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।  कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सबै सुचकमा प्रगति गरेको देखिन्छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ३२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा २३ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थि बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३९ दशमलव २४ प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ८९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १० करोड ४४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९६ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा २ करोड ३२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा सामान्य बृद्धि भएको छ ।

त्यसैगरी कम्पनीले यस अवधिमा ४ करोड ६० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै गुणा बृद्धि गरेको छ ।

जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS