Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सको खुद नाफा ११%ले बढ्यो, खुद बीमा शुल्क आर्जन २१ करोड ४० लाखमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सबै सुचकमा राम्रो प्रगति देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६२ दशमलव ९५ प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीको बीमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ रहेको छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ९२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वषको सोही अवधिमा कम्पनीले १ करोड ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ११ दशमलव ६९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १३७ प्रतिशतले बुद्धि गरेको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ४४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ १६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५१८.९७ गुणा रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS