लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात् चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
असोज मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी ११ दशमलव ९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ५६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १५ दशमलव ९५ प्रतिशत र कर्जा २९ दशमलव २६ प्रतिशत बढेको छ।
त्यस्तै, लघुवित्तको चुक्ता पुँजी २५ दशमलव १२ प्रतिशत बढेको छ भने जगेडा कोष १८ दशमलव ३५ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । तीन महिनामा प्रतिसेयर आम्दानी ५६ रुपैयाँबाट तीन रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३ दशमलव ५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा छ।