IME Life
GBIME

बंगलादेशः बीमा नियामक संस्थाकाे अध्यक्ष नै गम्भीर भ्रष्टाचारकाे आराेपमा मुछिए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं : बंगलादेशको बीमा क्षेत्रकाे नियामक निकाय बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए)का प्रमुख नै भ्रष्टाचारकाे आराेपमा मुछिएका छन् ।

आईडीआरएका अध्यक्ष एम मोसर्रफ हुसेनले दुईवटा निष्कृय कम्पनीको उपदान र सञ्चय कोषमा करिब चार करोड रुपैयाँ लगानी गरेर कालाेधनलाइ शुद्धिकरण गर्ने प्रयास गरेकाे आरोप छ । त्यसबाहेक डेल्टा लाइफ इन्स्याेरेन्सले प्रमुख कार्यकारी अधिकृतकाे पुनःनियुक्ति र बीमांकी मूल्यांकन स्वीकृतिकाे लागी ५० लाख बंगलादेशी टाका(रूपैयाँ) घुस मागेकाे आराेप सहित भ्रष्टाचार निवारण आयाेगमा अध्यक्ष हुसेनविरूद्ध उजुरी गरेकाे छ ।

Crest

भ्रष्टाचारकाे आराेपमा परेकाे मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै बंगलादेशकाे उच्च अदालतले मंगलबार अध्यक्ष हुसेनविरूद्धकाे मुद्दामा छानबिन गर्न नसकेको कारण देखाउन चार सरकारी निकायलाई आदेश दिएको छ । अबु सालेह मोहम्मद अमीन मेहेदीले दायर गरेको रिटमा न्यायाधीश एम इनायतुर रहिम र न्यायाधीश मोहम्मद मुस्ताफिजुर रहमानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अर्थ मन्त्रालय, भ्रष्टाचार विरोधी आयोग (एसीसी), राष्ट्रिय राजस्व बोर्ड र बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिटलाई नियममा प्रतिवादी बनाइएको थियो।

कर्मचारी कोषमा कर्मचारी र रोजगारदाताको योगदानमा रहेको लगानीको हदसम्म हुनका लागि दुई कम्पनीको दुई वर्षको कुल तलब बिल ३३ करोड रुपैयाँ हुनुपर्ने थियो ।

कम्पनीहरूले पनि कोषमा आफ्नो योगदानलाई उचित ठहराउने राजस्व कमाएको हुनुपर्छ। “नन अपरेटिभ भनिएका कम्पनीहरूका लागि यो सम्भव छैन,” निवेदनमा भनिएको छ। कम्पनीहरूको बैंक खाताले कोषमा आवधिक र नियमित योगदानको कुनै प्रमाण दिँदैन।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS