काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थीका लागि केही र अधिकृतका लागि, कनिष्ठ सहायक तालिमेका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले कनिष्ठ सहायकका लागि एसईई, प्लस टु वा सो सरहको शैक्षिक योग्यता चाहिने जनाएको छ भने व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक वा सो सरह परिक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित बैंकिङ समयभित्र कार्यालयमा दरखास्त दिन आग्रह गरेको छ ।