IME Life
Beema Board

दुई इन्स्योरेन्स कम्पनी सहित ५ कम्पनीले मागे धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी,लुम्बिनी विकास बैंक,राष्ट्रिय वाणिज्य बैंक, आइएमई लाइफ र आँधिखोला लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेका हुन् ।

ज्योति लाइफले शाखा प्रमुखका लागि प्रदेश नं १,२, वाग्मती, कर्णाली र सुदुरपश्चिमका लागि, उप शाखा प्रमुखमा प्रदेश नं २,बाग्मती, गण्डकी,कर्णाली र सुदुर पश्चिमका लागि र सेल्स एक्जुकेटिभमा प्रदेश नं १, बाग्मती, गण्डकी र सुदुर पश्चिमका लागि कर्मचारकिो माग गरेको हो ।

Prabhu
Crest

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि ७ जना र बान्च इन्चार्जका लागि ३८ जना कर्मचारीको माग गरेको हो । ब्रान्च म्यानेजर र बान्च इन्चार्जका लागि प्रदेश नं १ का लागि १० जना,प्रदेशन २ का लागि ५ जना, बागमति प्रदेशका लागि १० जना, गण्डकी प्रदेशका लागि ४ जना,लुम्बिनी प्रदेशका लागि ८ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ५ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै, कम्पनीले सेल्स एक्जुकेटिभ अफिसर असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदमा प्रदेश नं २,३ र ४ का लागि कर्मचारीको माग गरेको जनाउको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रबन्धकमा १ जना, अधिकृत कनिष्ठ अधिकृत (विभागिय प्रमुख) अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक सहायक (सूचना प्रविधिका लागि) १ जना, बरिष्ठ सहायक सहायक (शाखा प्रमुखको लागि) केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा शैक्षिक योग्यता पुगेकाले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त दिइसक्नुपर्नेछ ।

लुम्बिनी विकास बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिसका लागि केही, ब्रान्चका लागि केही र प्रादेशिक शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले उपत्यका भित्र तथा बाहिरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले आठ सयभन्दा बढी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ९ औ तहको बरिष्ठ प्रबन्धकदेखि चौथो तहको सहायकसम्मको लागि कर्मचारी माग गरेको हो ।

बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धक लगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना कर्मचारीको माग भएको हो। बैंकले एक सुचना जारी गर्दै लोकसेवा आयोगबाट लिइने परिक्षामा अनलाइन आवेदन सोमबारदेखि भर्न सकिनेछ ।

लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ।

दरखास्त फाराम भर्दा अस्पष्ट भएमा यस विभागको टेलिफोन नं ०१४२५२५९५ एक्सटेन्सन नं ३५४९ ,३५४८ मा सम्पर्क गरी बुझ्न आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS