Connect IPS
IME Life

अर्घाखाँचीमा लक्ष्मण केसीको अध्यक्षतामा निप्सको तदर्थ समिति गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्घाखाँची जिल्लामा लक्ष्मण केशीको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी ‘निप्स’को तदर्थ समिति गठन भएको छ । बीमा समितिका निर्देशक सशिल देव सुवेदीको उपस्थितिमा उक्त समिति गठन भएको हो । कमिटीको उपाध्यक्षमा दिनेश सुनार, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा मिना बस्याल तथा ६ जना सदश्य सहित ११ सदश्य समिति गठन भएको हो ।

Prabhu
Crest

अर्घाखाची जिल्लामा १६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन कम्पनीमा कार्यरत बीमा कम्पनीका कर्मचारीहरु मध्येबाट उक्त समिति गठन गरिएको हो । कम्पनीमा कार्यरत कर्मचारीहरुले बरिष्ठताका आधारमा सर्वसम्मत चयन गरेका हुन् ।

यसै कार्यक्रममा बीमा समितिका प्रतिनिधिहरु सँगै कम्पनीहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्याहरुको जानकारी गराएका थिए । कार्यक्रममा सहभागी बीमा कम्पनीका कर्मचारीहरुले बाल बीमाको विषयमा प्रश्न उठाएका थिए । उनिरुले बालबालिका बीमामा दुबै बच्चाको बीमा गर्नु पर्ने बाध्यात्मक अवस्था किन बनाएको भन्दै गुनासो गरेका थिए । यस्तो नीतिगत व्यवस्थाले व्यवहारिक रुपमा साह्रै अप्ठ्यारो परेको उल्लेख गरेका छन् ।

बीमाबाट पैसा लिनका लागि बीमा गरेको पाइए पछि समितिले यस्ता कुरालाई नियन्त्रणका लागि नीति बनाएको भन्दै समितिका पदाधिकारीहरुले जवाफ दिएका थिए । बीमा समितिले पछिल्लो समय धेरै कुराहरुमा कडाइ गरेको भन्दै गुनासो समेत गरेका छन् । सबै कुरामा टाइट गरेर मात्रै नहुने उनिहरुको तर्क थियो ।

कर्मचारीहरुले बीमा अभिकर्ता बन्नका लागि आवस्यक न्युनतम योग्यता बढाउनु पर्यो भन्दै माग गरेका छन् । अभिकर्ताले जुनसुकै पोलिसीमा पनि डबल आउछ भनेर प्रचार गर्ने  तर सबै पोलिसीमा डबल नआउदा बीमा कम्पनीहरुमा आएर बीमितले आक्रोश पोख्ने गरेको भन्दै कर्मचारीहरुले अभिकर्ताको योग्यता बढाउन माग राखेका हुन् ।

स्थानीय स्तरमा एउटै अभिकर्ता विभिन्न कम्पनीमा संलग्न हुने र कम्पनीहरुलाई ब्याकमेलसम्म गर्ने गरेको भन्दै उनिहरुले गुनासो गरेका छन् । यसका लागि बीमा समितिले एउटा बीमा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरिदिनु पर्यो भन्दै माग राखेका छन् ।

बीमा समितिका पदाधिकारीहरुले प्रस्तावित बीमा प्राधिकरण ऐनमा एउटा अभिकर्ता एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरिएकोले ऐन आउने वित्तीकै यि सबै समस्या समाधान हुने भन्दै आश्वासन दिएका छन् । भुभाग तथा मानव वस्तीका हिसावले धेरै रहेकाले यस क्षेत्रमा बीमाको विस्तार तिब्र रुपमा अगाडी बढिरहेको निर्देशक सुवेदीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS