काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई वर्ष पुराना व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । यसका लागि कम्पनीले कार्तिक १५ गतेदेखि मंसिर १५ गतेसम्म पुनर्जागरण गराएमा विलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
कम्पनीबाट पोलिसी जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुलाई पुनर्जागरण गर्नका लागि यस्तो स्किम ल्याइएको कम्पनीले जनाएको छ । बीमा समितिको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को शर्तहरुको अधिनमा रहि यस्तो नीति लिइएको हो । यस अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखहरु सक्रिय बनाउन कम्पनीले बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ । यस्तो सुविधा बीमा अवधिभरमा एक पटक मात्रै उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
बीमा समितिले जीवन बीमा कम्पनीमा व्यतित बीमालेख बढेको भन्दै यसलाई न्युनिकरण गर्न निर्देशन दिदै आएको छ । बीमा कम्पनीहरुले पनि समितिको निर्देशनलाई पालना गर्दै यस्तो दर घटाउन वेला बेलाम व्याज छुटको स्किम ल्याउने गरेका छन् ।