Connect IPS
IME Life

बाणिज्य बैंकहरुको मुनाफा घट्दै गर्दा लुम्बिनी विकास बैंकको नाफा ९० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुको मुनाफा घट्दै गर्दा विकास बैंक तथा फाइनान्सको भने बढिरहेको छ । यसै क्रममा लुम्बिनी विकास बैंकको मुनाफा ९०.८० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले २१ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यहि अवधिमा बैंकले ११ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले खराव कर्जा सल्टाएर मुनाफामा उल्लेख्य सुधार गरेको छ । यस अवधिमा २.३६ प्रतिशतको खराब कर्जालाई सल्टाएर १.३१ प्रतिशतमा झारेको छ । कर्जा सल्टाउदा बैंकको खुद व्याज आम्दानी पनि ३३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ३३ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

Prabhu
Crest

कर्जा तथा निक्षेप संकलनमा भने खासै सुधार देखिदैन । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३९ करोड रुपैया कर्जा विस्तार गर्न सफल भएको छ । मुनाफामा सुधार भए सँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँबाट २९ रुपैयाँ पुगेको छ । चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा भने २ अर्ब एक करोड रुपैयाँ जम्मा भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS