काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिकामा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत (कर सहित) नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गरेको र अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।