IME Life
Beema Board

खराब सेवा प्रवाहका कारण प्रदेश २ मा स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा कमजोर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रदेश २ मा स्वास्थ्य बीमा कार्यक्रममा भर्ना हुनेको संख्या सबैभन्दा न्यून रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि देशभर गरिएको कूल नामांकनमध्ये प्रदेश २ ले जम्मा ४.४८ प्रतिशत मात्र ओगटेको छ । स्वास्थ्य बीमा बोर्डको डिजिटल सूचनापाटीमा उपलब्ध कात्तिक १२ गतेसम्मको तथ्याङ्क अनुसार नेपालमा स्वास्थ्य बीमा कार्यक्रममा जम्मा ४५,१६,६९४ भर्ना भएका छन् । यीमध्ये प्रदेश २ मा जम्मा २ लाख २ हजार ३५६ जनाले मात्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएका छन् ।

बोर्डका अनुसार प्रदेश २ का आठ जिल्लामध्ये बारा र सर्लाहीमा कार्यक्रमका लागि सबैभन्दा न्यून संख्यामा सहभागी भएका छन् । बारा र सर्लाहीमा क्रमशः १ हजार ३ सय २७ र ४ हजार ७९० जना सहभागी भएका छन् । प्रदेश २ का यी दुबै जिल्लामा सरकारी र निजी दुबै क्षेत्रको स्वास्थ्य पूर्वाधार र सेवा दुबै दृष्टीकोणले अत्यन्तै कमजोर छ । बारा र सर्लाहीका अधिकांश सर्वसाधारण स्वास्थ्य परीक्षण वा उपचारका लागि जनकपुर वा वीरगन्ज धाउनुपर्ने बाध्यता छ । बीमा कार्यक्रममा भर्ना भएका व्यक्तिहरूको संख्याको हिसाबले, सिराहा जिल्लाले प्रदेश २ अन्तर्गतका अन्य सात जिल्लाहरुमा भन्दा बढी छ । सिरहाबाट ६३ हजार ९४१ जना सहभागी छन् ।

Prabhu
Crest

दोश्रो स्थानमा रहेको पर्सामा ३७ हजार ५४४ सहभागी भएका छन् । प्रदेश सदरमुकाम धनुषा कुल सहभागी संख्याका आधारमा छैठौं स्थानमा छ । प्रदेशभरमै पर्सामा सबैभन्दा धेरै अस्पताल र मेडिकल कलेज भए पनि सहभागी संख्याको हिसाबले सिराहाभन्दा तल छ । पर्सामा नेशनल मेडिकल कलेज, केडिया डेन्टल कलेज, नारायणी क्षेत्रिय अस्पताल, केडिया आँखा अस्पताल, जिल्ला आयूर्वेद अस्पतालको साथै निजी क्षेत्रको लगानीका साना ठूला दर्जनौं अस्पतालहरु संचालनमा रहेका छन् ।

स्वास्थ्य बिमा सुविधा पाउन भोग्नुपर्ने कष्ट र औषधिको अभाव नै स्वास्थ्य बीमा कार्यक्रम पहुँचमा भएर पनि पहुँचबाहिर भएजस्तो छ, प्रदेश २ का सर्वसाधारणको लागी । चिकित्सकले सिफारिस गरेका औषधिहरु अस्पतालको औषधी पसलमा लामो समयसम्म उपलब्ध हुँदैन । बाहिरबाट खरिद गरेर ल्याइएको औषधिवापतको खर्च रकम भुक्तानी पाइदैन । स्वास्थ्य बीमा बोर्डले ५ जना सदस्य रहेको परिवारको लागी प्रति परिवार ३ हजार पाँच सय सेवा शुल्क लिएर १ वर्षको लागी स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत प्रति व्यक्ति २० हजार रुपैयाँको दरले तोकिएको औषधोपचारको सुविधा पाइने प्रावधान रहेको छ ।

यसबाहेक प्रति व्यक्ति थप ७ सय रुपैयाँ भुक्तानी गरेर पाँच जनाभन्दा बढी परिवारका सदस्यलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउन सकिन्छ । साथै ज्येष्ठ नागरिकको हकमा भने स्वास्थ्य बीमा कार्यक्रम निःशुल्क उपलब्ध गराइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS