काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । आज तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ४ सयले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा खरिदविक्री भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।