Connect IPS
IME Life

डिप्रोक्स लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । खुद ब्याज आम्दानी एक दशमलव २० प्रतिशतले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि खस्केको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५ दशमलव ७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा छ।

Prabhu
Crest

डिप्रोक्सले यो वर्ष २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो वर्ष संस्थाले प्रोभिजनमा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढेको हो । गत वर्ष यसै अवधिमा एक अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो । गत वर्ष एक अर्ब ३७ करोड २६ लाख १४ हजार रुपैयाँ छुट्याएको प्रोभिजनमा यो वर्ष एक करोड ८५ लाख १७ हजार रुपैयाँ छुट्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS