Connect IPS
IME Life

मेट लाइफ नेपालको दुई कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । मेट लाइफ इन्स्योरेन्स कम्पनीको पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण भएका छन् । ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कम्पनीले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको हो ।

कम्पनीले आफ्ना पोखरा र बुटवल जस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ । जहाँबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धन सहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरु प्राप्त गर्न सकिनेछ । यी दुवै कार्यालयहरुको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा भएको हो ।

Prabhu
Crest

यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरुलाई सुविधामा थप पहुँच प्राप्त गर्न सहयोग मिल्नेछ । प्रमुख व्यापारिक क्षेत्रहरुमा अवस्थित कम्पनीका दुवै कार्यालयहरुमा स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु कायम राख्नका लागि चाहिने आवश्यक खुल्ला ठाउँहरु पनि यथेष्ट रहेको छ ।

मेट लाइफका ग्राहकहरुले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले नयाँ आवेदन, पोलिसि परिवर्तन तथा प्रीमियम संकलन जस्ता सेवाहरु कार्यालय परिसरका साथै डिजिटल रुपमा पनि सजिलै प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेट लाइफको उद्देश्य ग्राहकहरुको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रुपान्तरित शाखा कार्यालयहरुले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सुविधा प्रदान गरि ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए ।

साथै उनले शाखाहरुमा निहित थप सुविधाहरुको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायहरुलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकताहरुमा पहँुच बढाउने विचार पनि व्यक्त गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS