IME Life
GBIME

चौधरी समूहको लगानी रुसमा समेत पुग्यो

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौं । भारतसँगै यूरोपमा समेत व्यापार बिस्तार गरेको नेपाली बहुर्राष्ट्रिय कम्पनी सिजी समूहले रूसमा समेत आफ्नो व्यापार बिस्तार गरेको छ ।
प्रतिष्ठित जिबी फुड्स रुस अन्तर्गतको शेयर खरिद गरेर चौधरी समूह (सिजी ग्रुप) अन्तर्गतको सिजी फुड्सले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिने भएको हो । सिजी ग्लोबल कर्पको आधिकारिक पेजमा सार्वजनिक जानकारीका अनुसार एक साताभित्र सिजी फुड्स अन्तर्गत जिबि फुड्सको रूस र आसपासको नियन्त्रणमा आउनेछ।

जिबी समूह अन्तर्गत स्पेन, नाइजेरिया, फ्रान्स, जर्मनी, अल्जेरिया, बेल्जियम, घाना, सेनेगल, इटाली, रूस, मालि समेतमा गरी कूल २० वटा खाद्य उद्योग संचालनमा रहेका छन् । यो समूहले फुड्स विभाग अन्तर्गत चामल, पास्ता, ससेज, सुप, चिया, तयारी आहार लगायतका दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ।                             

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS