काठमाडौं । बीमा समितिले करार सेवाका लागि एक जना कृषि अधिकृत र एक जना पशुपन्छी अधिकृतलाई नियुक्त गरेको छ । कृषि अधिकृत पदमा अनिल बाबु पोखरेल र पशुपन्छी अधिकृत पदमा स्वतन्त्र डाँगी नियुक्त भएका छन् ।
समितिले असोज १८ र १९ गते लिइएको अन्तर्वार्तामा सहभागी भएका उमेद्दवारहरु मध्ये दुई जनालाई छनोट गरेको हो । उनिहरुलाई सात दिन भित्रमा समितिमा सम्पर्क गर्न अनुरोध गरिएको छ । बीमा समितिले कृषि तथा पशुपन्छीबीमालाई थप व्यवस्थित गर्न दुई प्राविधिकहरुलाई नियुक्त गरेको हो ।
पशुपन्छी तथा कृषि बीमा अभिकर्ताहरुलाई तालिम दिन, व्यवसायमा देखिएका प्राविधिक समस्या समाधानका लागि उनिहरुलाई नियुक्त गरिएको हो ।