IME Life

निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन २९ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले २७.८८ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । गत वर्षको यहि अवधिमा ७ अर्ब ५८ करोड रुपैया आर्जन गरेका थिए ।

तीन महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । पहिलो त्रैमाशिक अवधिमै शिखर अर्बपति क्लबमा उक्लिन सफल भएको हो । दोस्रो स्थानमा रहेको सगरमाथाले ९० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै कम्पनीले ३२ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ८१ करोड २१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । असोज एक महिनामा मात्रै नेकोले २९ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । चौथो नम्बरमा रहेको सिद्धार्थ इन्स्योरेन्सले ६९ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा सबैभन्दा कम सानिमा जनरलले २२ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । नयाँ कम्पनीहरु मध्ये सबैभन्दा आक्रामक अजोडले ४१ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS