IME Life

नबिल ब्यालेन्सड् फण्ड २ र नबिल इक्वीटीको लाभांश इकाईधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । नबिल म्युचुअल फण्डद्वारा सञ्चिालित नबिल ब्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गरेका छन् । दुवै योजनाले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको प्रतिफल जम्मा गरेका हुन् ।

दुवै फण्डले बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश जम्मा गरिसकेकोले सम्बन्धित इकाइधनीहरुले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नबिल ब्यालेन्सड फण्ड २ ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई कर सहित ३५ प्रतिशतका दरले र नबिल इक्वीटी फण्डले कर सहित ४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।

लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ११ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा असोज १० गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS