IME Life

वीरगंजमा महिला उद्यमी सम्मेलन

SPIL
NIC ASIA

वीरगन्ज । नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार साँझ वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । मोफसलमै पहिलो पटक भएको यस्तो सम्मेलनको प्रदेश २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सम्बोधन गर्दै आर्थिक रुपमा महिला सशक्तिकरण बिना देशको आर्थिक विकास कल्पना गर्न नसकिने बताए ।

उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता मन्त्री शर्माले औंल्याए । उनले प्रदेश २ का उद्यमी महिलालाई वैकल्पिक उर्जा उत्पादनमा सहुलियत दिने आश्वासन पनि दिए ।

Prabhu
Crest

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमामहिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्दै आएको बताए ।

एनवाईईएफका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलताका सवालमा युवालाई अघि बढाउन पहल गरेको बताए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारमा युवा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् ।

एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलो पटक आयोजना गरिएको सम्मेलनले मोफसलका महिला उद्यमीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । सफल तथा स्टार्टअप उद्यमीबीचको अन्तरक्रियात्मक सम्मेलनले नयाँ उद्यमी वा उद्यमका अग्रसर हुन चाहनेहरुलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको भनाई छ ।

सम्मेलनको अवसरमा ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । सम्मेलनको अवसरमा अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS