IME Life
Beema Board

आशा लघुवित्तको साधारण सभा आब्हान, प्रस्तावित २६.३१% लाभांश पारित हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आशा लघुवित्तको पाँचौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ को असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७ /७८ को नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित हुनेछ ।

त्यस्तै, सभामा संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने रहको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS