IME Life

सिजी टेलिकमले आइपिटिभि ल्याउँदै

SPIL
NIC ASIA
काठमाडौं ।सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा संचालनमा ल्याएको चौधरी समूहको सिजी नेटले चाँडै नै आइपि टिभि समेत संचालनमा ल्याउने भएको छ । अन्य इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको माध्यमबाट चल्ने आइपिटिभी समेत एकमुष्ठ ग्राहकलाई उपलब्ध गराइरहेको हुँदा बजार प्रतिस्पर्धामा टिक्न सिजी नेटले आइपि टिभी समेत संचालनमा ल्याउने तयारी गरेको हो ।
भारतीय दूर संचार सेवा प्रदायक कम्पनी एयरटेलसँग सिजी टेलिकमले आइपिटिभी र भिडियो ओटिटि सेवाको लागी सम्झौता गरिसकेको छ । एयरटेलले मोबाइल,कम्प्युटर वा आइपिटिभिमा इन्टरनेटको माध्यमबाट सहजै भिडियो हेर्न मिल्ने सुविधा सहितको एयर टेल आइक्यु भिडियो नामक सेवा शुरु गरेको छ । एयरटेलले क्लाउड(अभौतिक) प्रविधिमा आधारित यो प्रविधिको विकासबाट थोरै डाटामा उच्च गुणस्तरिय भिडियो हेर्न सकिने सुविधा रहेको जानकारी दिएको छ ।
चौधरी समूह(सिजी ग्रुप)को प्रबन्धक निर्देशक निर्वाण चौधरीले भनेका छन्, दूर संचार सेवा अन्तर्गत नेपालमा अत्याधुनिक प्रविधिको आइपिटिभि र भिडियो ओटिटि सेवा संचालनमा ल्याउन इच्छुक छौं । दूरसंचार सेवामा एयरटेलको लामो अनुभव र अत्याधुनिक प्रविधिको प्रयोगले हामीलाई साझेदारीसँग सहज भएको छ ।
सिजी टेलिकमले दुई वर्ष अघि नै नेपालमा इन्टरनेटमा आधारित दुर संचार सेवा शुरु गर्ने तयारी गरेपनि तत्कालीन नेकपा सरकारले इजाजत नदिएको हुँदा सिजि टेलिकमले औपचारिकरुपमा सेवा शुरु गर्न सकेको छैन । तर यसबीचमा सिजि कम्युनिकेशनमार्फत् चौधरी समूहले इन्टरनेट सेवा शुरु गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS