IME Life

बीमा समितिको संगठनात्मक पुनसंरचना हुँदै , दुई उप कार्यकारी निर्देशक सहित चार निर्देशक थपिने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले संगठनात्मक पुनसंरचना गर्ने भएको छ । समितिले स्टाफ कलेज मार्फत ‘ओ एण्ड एम सर्भे’ गराइरहेको छ । तीन महिना अगाडीदेखि भइरहेको उक्त अध्ययनको प्रतिवेदन आए पछि पुनसंरचना आवश्यक प्रकृयाँ सुरु गरिने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘समितिमा आजका दिनमा कति कर्मचारी आवश्यक छ भन्ने भन्दा पनि अवको १० वर्षसम्ममा कति चाहिन्छ भन्ने अध्ययन हुनु पर्छ । त्यहि आधारमा दरबन्दी सिर्जना गर्ने तथा नियुक्ति गर्ने हो ।’

अवको १० वर्षको अवधिमा बीमा क्षेत्र कत्रो हुन्छ, बीमा कम्पनीको आकार कत्रो हुन्छ भन्ने कुराको आकलन गर्न सक्नु पर्छ । बीमितको संख्या कति हुन्छ र उनिहरु मार्पत खडा भएको बीमा कोष कत्रो हुन्छ भन्ने कुराको आकलन गरेर मात्रै संगठनात्मक संरचना तयार पार्नु पर्ने सिलवालको तर्क छ ।

Prabhu
Crest

अहिले दुई चार जना कर्मचारी नियुक्ति गर्ने माध्यम मात्रै नबनाएर भोलिको दिनलाई आकलन गरेर काम गरिने उनले जानकारी दिए । धेरै वटा पद नहुँदा एउटै व्यक्ति लामो समय एउटै पदमा काम गरिरहनु पर्ने बाध्यता देखिएकाले नयाँ पदको पनि शिर्जना गर्नु पर्ने देखिएको शिलवालले जानकारी दिए ।

अधिकृत स्तरमा प्रवेश गरेको व्यक्ति सहायक निर्देशक तथा उपनिर्देशक पदबाटै अवकास हुनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा कर्मचारीहरुलाई पनि काम गर्न मन लाग्दैन । सबैले एकै पटक प्रमोसन पाउनै पर्छ भन्ने होइन तर योग्यता क्षमता भएका व्यक्तिहरुले प्रमोसन पाउने अवस्था भएन भने कसैलाई पनि काम गर्ने जागर नहुने अध्यक्ष सिलवाल बताउछन् ।

अन्य सरकारकी अड्डामा तह/तह हुन्छ तर बीमा समितिमा श्रेणी राखिएको छ । यो विषय पनि बीमा समितिका लागि अध्ययनको विषय भएको छ । उहि पदमा  विभिन्न तह उल्लेख गरेर राख्न सकिन्छ । तहहरु नहुँदा एउटै व्यक्तिले लामो समय एउटै श्रेणीमा रहेर काम गर्नु पर्ने बाध्यता छ । यदि पद भित्रै विभिन्न तहको व्यवस्था गरिदिने हो भने कर्मचारीहरुलाई पनि प्रत्साहन मिल्न सक्छ ।

श्रेणीमात्रै हुँदा एउटै व्यक्ति लामो समय उहि पदमा बस्नु पर्छ । लामो समय एउटै व्यक्तिले एउटै पद ओगटेर बस्दा खालि हुने सम्भावना हुँदैन ।पद खाली नभई बढुवा हुने सम्भावना हुँदैन । त्यसैले गर्दा पद तथा श्रेणीका विषयमा पनि अध्ययन आवस्यक देखिन्छ ।

यदि एउटै व्यक्ति एउटै ऋणीमा लामो समयदेखि काम गरिरहेको छ भने उसैका लागि अर्को श्रेणी शिर्जना गरेर भए पनि उक्त श्रेणी खालि गर्नु पर्ने सिलवालको तर्क छ । निहित व्यक्तिका लागि सिर्जना गरिएको श्रेणी उसको अवकास सँगै खारेज गरेर भए पनि प्रोत्साहन गर्नु पर्ने उनि बताउछन् ।

बीमा समितिले तत्कालका लागि दुई वटा उपकार्यकारी निर्देशक र ४ वटा निर्देशकको कोटा आवस्यक रहेको भन्दै मन्त्रालयमा ब्रिफिङ गरिसकेको छ । मन्त्रालयले समितिको मागलाई प्रतिवद्धता व्यक्त गरिसकेको हुँदा आवस्यक प्रकृयाँ अगाडी बढाउन यो अध्ययन गरिएको हो ।स्टाफ कलेजले बुझाएको अध्ययन प्रतिवेदनको विषयमा समितिको बोर्डमा छलफल हुनेछ । बोर्डले पास गरेर अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा पठाउने छ । मन्त्रालयले स्वीकृत गरेपछि बल्ल नयाँ शिर्जना भएको दरबन्दी परिपुर्तीका लागि विज्ञापन खुला गर्ने छ ।

हाल एउटै निर्देशकले दुई तीन वटा विभागको काम गरिरहेका छन् । कोटा नहुँदा एउटै व्यक्तिले धेरै वटा विभाग हेर्नु परेको हो । हाल बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मीले म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र लाइसेन्स विभाग हेरिरहेका छन् । त्यस्तै निर्देशक शुशिलदेव सुवेदीले सुपरिभिजन, कृषि तथा माइक्रोइन्स्योरेन्स, रि इन्स्योरेन्स तथा अनुसन्धान विभाग हेरिरहेका छन् ।

निर्देशक पुजन ढुङ्गेल अधिकारीले पनि मानव संसोधन व्यवस्थापन तथा इन्स्योरेन्स पोलिसी शाखा हेरिरहेकी छिन । निर्देशक दिनेश कुमार लालले कानुन, लेखा तथा रेगुलेसन हेरिरहेका छन् । एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिदा समितिले नियमित रुपमा कुनै पनि काम गर्न सकेको छैन । यदि उपकार्यकारी निर्देशक तथा निर्देशक पदको कोटा बढाउने हो भने सोहि अनुसार उप निर्देशक तथा सहायक निर्देशकको पद पनि स्वत बढ्नेछ ।

यो पनि पढ्नुहोस्

बीमा कम्पनीहरुलाई मात्रै निर्देशन दिने समितिले आफ्नो कार्यशैली चाँही परिवर्तन गर्नु पर्दैन ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS