IME Life
Beema Board

नेप्से परिसूचक दोहोरो अंकले घट्दा ४३ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज म्युचअफ फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३० वटा कम्पनीको मुल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ११६ वटा कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । बैंकको २७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंकको ९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ८ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचअफ फण्ड २ का इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS