Connect IPS
IME Life

युनाइटेड मेवा खोला विद्युत आयोजनाले पायो डबल बि रेटिङ, ६ अर्ब ७५ करोड बैंक ऋण लिंदै

SPIL
NIC ASIA new
Sanima Reliance
 काठमाण्डौं । निर्माणाधीन युनाइटेड मेवा खोला जलविद्युत आयोजनाले ६ अर्ब ७५ करोड रुपैयाँ बैंक ऋणको लागी केयर एनपि डबल बि रेटिङ पाएको छ । यो रेटिङगले तोकिएको समयभित्र सम्पूर्ण वित्तीय दायीत्व पुरा गर्नको लागी मध्यम स्तरको जोखिम कायम रहेको जनाउ दिन्छ ।
पचास मेगावाट उत्पादन क्षमताको यो विद्युत आयोजनाको निर्माणमा ९ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । अर्थात् प्रति मेगावाट १८ करोड रुपैयाँ लगानी हुनेछ । कूल पूँजीमध्ये ७५ प्रतिशत बैंक ऋण र बाँकी रकम प्रवद्र्धकहरुको शेयर लगानी हुनेछ । सन् २०२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको निर्माणमा हालसम्म ५३ करोड ९० लाख रुपैयाँ लगानी भइसकेको छ ।
ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाबाट उत्पादित विद्युत १३२ केभिए क्षमताको १२ किलोमिटर लामो प्रशारण लाइनमार्फत् ताप्लेजुङको हाङपाङ सबस्टेशनमा जोडिनेछ । निर्माण, संचालन र हस्तान्तरण अवधारणा अन्तर्गत निर्माणाधीन यस जल विद्युत आयोजनाले प्राधिकरणसँग वर्षातमा प्रति किलोवाट आवरको रु.४.८० र हिउँदमा रु.८.४० को दरले विद्युत बिक्री सम्झौता गरेको छ । त्यसैगरी संचालनमा आएको १ वर्षपछि प्रत्येक वर्ष ३ प्रतिशतको दरले आधारमूल्यको ८ गुणासम्म मूल्य वृद्धि गर्ने सम्झौता छ ।
प्राधिकरणले ३० वर्षको लागी विद्युत खरिद सम्झौता गरेको छ । पूर्व निर्धारित समयमै आयोजना पुरा हुन नसकेको अवस्थामा विद्युत प्राधिकरणलाई जरिवाना तिर्नुपर्ने जोखिम रहेको क्रेटिड रेटिङ एजेन्सी केयर रेटिङ नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS