Connect IPS
IME Life

राष्ट्र बैंकले सरकारको लागी ११ अर्ब २० करोड ऋण उठाउँदै

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल ११ अर्ब २० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको २० करोड, १ सय ८२ दिन अवधिको लागी ५ अर्ब र ३ सय ६४ दिने अवधिको लागी ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यसअघि असोज २५ गते १३ अर्ब २५ करोड र असोज १८ मा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । असोज २५ गते भारित ब्याज दर ४.९५ देखि ४.९७ सम्म रहेको थियो ।
असोज महिनामा मात्रै राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत् ३२ अर्ब ३५ करोड रूपैयाँ ऋण उठाएको छ । ट्रेजरी बिलको बोलकबोल अनलाइन माध्यबाट हुनेछ । राष्ट्र बैंकले बोलकबोलमा सर्वाधिक अंक कबोल गर्ने व्यक्ति वा बैंक वा संस्थालाई ट्रेजरी बिल जारी गर्नेछ ।
ट्रेजरी बिल के हो ?
ट्रेजरी बिलमा ब्याज दरको साटो डिस्काउण्ट रेटको व्यवस्था हुन्छ । उदाहरणको लागी अंकित मूल्य ३ अर्ब रुपैयाँको ट्रेजरी बिल २ अर्ब ९९ करोड रुपैयाँमा सकार्यो भने बाँकी रहने १ करोड रुपैयाँ डिस्काउण्ट रकम अर्थात ब्याज आम्दानी हो अर्थात् डिस्काउण्ट दर ३ दशमलव ३३ प्रतिशत हुन आउँछ । ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेपनि राष्ट्र बैंकले २ अर्ब ९९ करोड रुपैयाँ मात्र प्राप्त गर्छ । समयावधि पुरा भएपछि १ करोड रुपैयाँ थपेर ३ अर्ब रुपैयाँ राष्ट्र बैंकले फिर्ता गर्छ । ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुनेले न्यूनत्तम ५० हजार रुपैयाँ कबोल गर्नुपर्छ । राष्ट्र बैंकले जारी गर्ने भएको हुँदा यो अत्यन्तै सुरक्षित हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS