SKIP THIS

MLBL
IME Life
Beema Board

कोभिडबाट रसियामा एकै दिन एक हजारको मृत्यु, ५० प्रतिशतले लगाएनन् खोप

SPIL
NIC ASIA
Sanima Reliance
एजेन्सी

मस्को । रसियामा कोभिडबाट एकै दिन एक हजार जनाको मृत्यु भएको छ । कोभिड महामारी फैलिएपछि रसियामा पहिलो पटक संक्रमणबाट यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । पछिल्लो एक सातादेखि कोभिडबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । खोप लगाउन अटेरी गर्दा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको रसियाली प्रशासन क्रेमलिनले जनाएको छ ।

बढ्दो अविश्वासका कारण अहिलेसम्म एक तिहाई रसियालीले मात्र खोप लगाएका छन् । कोभिडबाट रसियामा अहिलेसम्म २ लाख २२ हजारको मृत्यु भइसकेको छ । शनिबार मात्र ३३ हजार संक्रमित थपिएका थिए ।

Prabhu
Crest

अर्थतन्त्र चलायमान हुन दिनुपर्ने भन्दै सरकारले लकडाउन भन्दा पनि खोपमा जोड दिएको छ । संक्रमण बढ्दै गइरहेको अवस्थामा सर्वसाधरणलाई खोपबारे जोड दिनुपर्ने धारणा यसै साता सरकारका प्रवत्ता दिमित्री पेस्कोभले व्यक्त गरेका थिए । ‘खोप नलगाउनु वास्तवमै गैरजिम्मेवारी कार्य हो । किनकी कोभिडका कारण दिनहँु सयौं मानिसको मृत्यु भएको छ, ’ उनले भने ।

स्वास्थ्य प्रणालीमा कुनै समस्या नरहेको र यसले संक्रमणका जतिसुकै बिरामी धान्ने सरकारको भनाई छ । तर, स्वास्थ्य मन्त्री मिखेल मुरास्कोले कोभिडको त्रासका कारण उपचार छोडेर घरमै बसेका चिकित्सकलाई खोप लगाएर काममा फर्किन आग्रह गरेका छन् ।

रसियाा अझै पनि साढे सात लाख संक्रीय संक्रमित छन् । महामारी फैलिएपछि ८० लाख जना संक्रमित भइसकेका छन् । तर, कूल जनसंख्याको एक तिहाईले मात्र खोप लगाएका छन् । अझै पनि रसियाको ठूलो जनसंख्या खोप लगाउन अनिच्छुक देखिन्छ ।  हालै गरिएको एक सर्वेक्षणमा ५० प्रतिशत रसियाली खोपप्रति विश्वास गर्दैनन् । रसियाले आविश्कार गरेको कोभिड खोप स्पुतनिक ५ लाई तीन ओटा देशले अनुमोदन गरिसकेका छन् ।

न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS