Connect IPS
IME Life

चिनियाँले दुई महिनामै गरे ११ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चिनियाँ लगानीकर्ताले ११ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०७८/७९ को साउन र भदौ महिनाको अवधिमा ११ अबं १५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अुनसार आ.व. २०७७/७८ मा चिनियाँ लगानीकर्ताले गरेको वैदेशिक लगानी प्रतिबद्धताको आधा रकम चालू आ.व.को दुई महिनामै गरेका छन् ।

गत आवमा चिनियाँ लगानीकर्ताले २२ अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरेका थिए । चिनियाँ लगानीको कूल ६२ वटा उद्योग, व्यवसाय दर्ता भएकोमा पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित २६ वटा उद्योग,व्यवसाय रहेका छन् । गत आ.व.को पहिलो दुई महिना(साउन,भदौ) मा चिनियाँ लगानीकर्ताबाट जम्मा ७ अर्ब ४० करोड रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । चालू आ.व.को भदौमसान्तसम्म प्राप्त वैदेशिक लगानीको प्रतिबद्धतामध्ये चिनियाँ प्रतिबद्धताले ९५ प्रतिशत हिस्सा ओगटेको उद्योग विभागले जनाएको छ ।

Prabhu
Crest

पछिल्लो छ वर्षयता प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रमा चिनियाँ लगानीकर्ताहरु शीर्ष स्थानमा रहेका छन् भने भारत दोश्रो स्थानमा छ । चिनियाँ लगानीकर्ताले पर्यटन व्यवसाय बाहेक कार्गो(मालसामान) व्यवस्थापन व्यवसाय, विद्युतीय उपकरण मर्मत, निर्माण कार्य, बधशाला, सफ्टवेयर उत्पादन, पिउने पानी, तयारी पोशाक उत्पादन, विद्युतीय सवारी जडानलगायतको उद्योग, व्यवसाय दर्ता गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS