नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश परिमार्जन,अब बोनश पनि दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश परिमार्जन भएको छ । कम्पनीले अघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको बैंकले जनाएको छ ।

बैंकले यस अघि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । तर अब भने बैंकले बोनश शेयर पनि प्रस्ताव गरेको छ ।

बैंकले ८ प्रतिशतले हुन आउने १ अर्ब ८० करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ असी २७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार