IME Life
Beema Board

ललितपुरका तीन स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरु, अव काठमाडौं जिल्ला मात्रै बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले हिजो आइतबार ललितपुर जिल्लाको तीन वटा स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ । बोर्डले ललितपुर जिल्लाको बाग्मती, माहाकाल र कोन्जोसोम गाउँपालिमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो ।

आइतबार बोर्डले कार्यक्रम आयोजना गरेर संयुक्त रुपमा तीन वटै स्थानीय तहमा सुरुवात गरेको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह र बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला सहित स्थानीय प्रमुखहरुको सहभागिता थियो । प्रमुख अतिधि सिंह र कार्यकारी निर्देशक बसौलाले तीन वटै गाउँपालिका प्रमुख र उपप्रमुखलाई स्वास्थ्य बिमाको सदस्यता कार्ड वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।

Prabhu
Crest

 

बोर्डले तीन वटै तहमा दर्ता सहयोगी खटाइसकेको छ । उनिहरुले हिजैदेखि स्वास्थ्य बीमा गराउन सुरु गरिसकेका छन् । शुभारम्भ कार्यक्रममा प्रमुख अतिधि सिंहले स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको बताए ।

ललितपुरमा कार्यक्रम सुरु भएसँगै देशभर ७६ जिल्लामा यो कार्यक्रम लागु भएको छ । ७५३ स्थानीय तह मध्येमा ७ सय ३९ स्थानीय तहमा यो कार्यक्रम लागु भएको हो । यो कार्यक्रम लागु हुन एक मात्र जिल्ला काठमाडौं बाँकी छ । बोर्डले ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा कार्यक्रम सुरु गर्दैछ । बोर्डले काठमाडौं जिल्लाको दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम छिट्टै सुरु गर्ने तयारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS