IME Life
GBIME

राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल १३ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको ८ अर्ब, १ सय ८२ दिन अवधिको लागी २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको लागी ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज २५ गते हुने ट्रेजरी बिलको अनलाइन माध्यबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकले बोलकबोलमा सर्वाधिक अंक कबोल गर्ने व्यक्ति वा बैंक वा संस्थालाई ट्रेजरी बिल जारी गर्नेछ । यसअघि सरकारको आन्तरिक अल्पकालीन ऋण उठाउनको लागी राष्ट्र बैंकले असोज १८ मा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

Crest

ट्रेजरी बिल के हो ?
ट्रेजरी बिलमा ब्याज दरको साटो डिस्काउण्ट रेटको व्यवस्था हुन्छ । उदाहरणको लागी अंकित मूल्य ३ अर्ब रुपैयाँको ट्रेजरी बिल २ अर्ब ९९ करोड रुपैयाँमा सकार्यो भने बाँकी रहने १ करोड रुपैयाँ डिस्काउण्ट रकम अर्थात ब्याज आम्दानी हो अर्थात् डिस्काउण्ट दर ३ दशमलव ३३ प्रतिशत हुन आउँछ ।

३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेपनि राष्ट्र बैंकले २ अर्ब ९९ करोड रुपैयाँ मात्र प्राप्त गर्छ । समयावधि पुरा भएपछि १ करोड रुपैयाँ थपेर ३ अर्ब रुपैयाँ राष्ट्र बैंकले फिर्ता गर्छ । ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुनेले न्यूनत्तम ५० हजार रुपैयाँ कबोल गर्नुपर्छ । राष्ट्र बैंकले जारी गर्ने भएको हुँदा यो अत्यन्तै सुरक्षित हुन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS